दफा ६क
संगठित संस्था वा कम्पनीले गरेको कसूरको सजाय
(१) यस ऐन बमोजिम कसूर गर्ने व्यक्ति कुनै संगठित संस्था वा कम्पनी भएमा सो कसूर भएको कुरा आफूलाई थाहा थिएन वा सो कसूर रोक्न आफूले सकभर प्रयत्न गरेको थियो भन्ने कुरा प्रमाणित गर्न सकेमा बाहेक त्यस्तो कसूरको लागि सम्बन्धित संगठित संस्था वा कम्पनीको काम कारवाई उपर नियन्त्रण राख्ने निर्देशक, मैनेजर, अन्य कुनै अधिकारी वा व्यक्तिलाई सजाय हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापति कुनै संगठित संस्था वा कम्पनीले गरेको कसूर त्यस्तो संगठित संस्था वा कम्पनीको निर्देशक, मैनेजर वा अरु कुनै अधिकारीको जानाजान वा लापरवाहीको कारण भएको हो भन्ने प्रमाणित भएमा त्यस्तो निर्देशक, मैनेजर वा
अधिकारी पनि यस ऐन बमोजिम सजायको भागी हुनेछ ।